फागुन ३० काठमाडौं। पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका संस्थापक नेता स्वर्गीय कृष्णप्रसाद भट्टराईले खेलकुद क्षेत्रमा पु¥याएको योगदानको स्मरण गर्दै मित्रयुवा क्योकुसिन कराँते डोले उहाँप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ ।
सोमबार स्वर्गीय भट्टराई निवास बाँडेगाउँ पुगी कराँते खेलाडी तथा पदाधिकारीहरुले भट्टराईले खेलकुद क्षेत्रमा पु¥याएको योगदानको स्मरण गर्दै श्रद्धान्जली अर्पण गरेका हुन् ।
सो अवसरमा संघका अध्यक्ष पुष्पमान मानन्धरले स्वर्गीय भट्टराईले खेलकुदमा देखाएको चासो र गरेको सहयोगका कारण मुलुकको खेलकुदले अन्तराष्ट्रिय क्षेत्रमा पनि पहिचान बनाएको बताउनु भयो ।
भट्टराईको यही फागुन २० गते उपचारको क्रममा काठमाडौंको नर्भिक अस्पतालमा निधन भएको हो ।
No comments:
Post a Comment