Tuesday, March 22, 2011

नयाँ सहयोगी राष्ट्रले लिबिया आक्रमणमा ऐक्यबद्धता जनाउने

चैत ८ ओस्लो। केही अन्य राष्ट्रले पनि लिबियामा उडान निशेधित क्षेत्र लागू गर्ने अन्तर्राष्ट्रिय अभियानमा फ्रान्स, बेलायत र अमेरिकासँग ऐक्यबद्धता जनाएका छन् । तर यसमा उनीहरुको बेग्लै चाल रहेको विश्लेषकहरुले बताएका छन् ।

संयुक्त राष्ट्र सङ्घीय सुरक्षा परिषद्को प्रस्ताव नं. १९७३ को पालना गर्दै नर्वे, डेनमार्क, क्यानाडा र बेल्जियमले पनि सर्वसाधारण जनतामाथी आक्रमण गर्ने मोअम्मर गद्दाफीका सेनालाई निष्क्रिय बनाउने उद्देश्यले भूमध्यसागरमा आफ्ना लडाकू विमानहरु पठाएका छन् ।

उनीहरुका अनुसार डेनमार्कको नेटोपक्षीय मध्य दक्षिणपन्थी सरकार पनि अरबका विद्रोहमा समर्थन गर्नेमा अग्रपंक्तिमा रहन चाहन्छ ।

डेनमार्क लिबियालगायत सबै अरब विद्रोहमा अग्रपङ्क्तिमा रहेको प्रधानमन्त्री लार्स लोक्के रासमुसेनले बताए । हामी सानो देश भए तापनि हाम्रो ऐतिहासिक दायित्व छ— उनले भने ।

No comments:

Post a Comment