Tuesday, March 1, 2011

नेकपा संयुक्त माक्र्सबादीको बिशेष अधिवेशन सम्पन्न

बटुकनाथ झा 
फागुन १७ जनकपुर।     नेकपा संयुक्त माक्र्सबादीका नब निर्वाचित अध्यक्ष लोकनारायण सुबेदीले संबिधान सभाको म्याद  फेरी बढाउन सर्बोच्च आदालतको  फैसलाको बिरोध गर्नुभएको छ  ।

जनकपुरमा  फागुन १५ गतेदेखि १७ गते  सम्म  सञ्चालीत अबिधेशन पछि  आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष सुबेदीले बर्तमान अबस्थामा  जेठ १४ गते संबिधान बन्ने सम्भाबना न्युन हुदै गएको भन्दै संविधान बन्न नसक्नुमा प्रमुख तीन दल एकिकृत नेकपा माओबादी , नेपाली कँग्रेस र नेकपा एमाले रहेको  आरेप लगाउनु भएको छ ।

जनकपुरमा  भएको बिशेष अबिधेशनबाट  अध्यक्षमा लोकनारायण सुबेदी , महासचिबमा  भिम प्रसाद सेराई , लगायतका चयनहुनु भएको छ ।

No comments:

Post a Comment