Tuesday, March 1, 2011

पर्वतको पञ्चासे घुम्न आउने पर्यटक बढे

अनिता केसी
 फागुन १७ पर्वत। पर्यटन वर्ष २०११ मा पर्वतको प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे घुम्न आउने पर्यटकको संख्यामा बृद्धि भएको छ । पर्वत, कास्की र स्याङजा जिल्लाको संगममा पर्ने पञ्चासे क्षेत्रमा पर्यटकको संख्यामा बृद्धि भएको हो  ।

पञ्चासेबाट धौलागिरी देखि गणेश हिमश्रृङ्गखला मात्रै होइन पाल्पा, कास्की, पर्वत, बागलुङ र स्याङजाका मनोरम दृश्याबलोकन गर्न सकिन्छ ।

पञ्चासेमा रहेको मनोरम ताल, गुराँसले भरिएको जंगल, श्रबणकुमारको मन्दिर, सिद्धबाबाको मन्दिर र तपस्या गरेका कुटी र गुफाहरु पनि पर्यटकका लागिआकर्षण बनेका छन ।

No comments:

Post a Comment