Thursday, March 17, 2011

आयुर्वेद स्वास्थ्यसम्वन्धि सचेतना कार्यक्रम

कूल तामाङ्
 चैत ३ नुवाकोट।   जिल्ला आयुर्वेद स्वास्थ्य कार्यालय नुवाकाटले जिल्लाका दुई गाविसमा आयुर्वेद स्वास्थ्यसम्वन्धि सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।

आयुर्वेद स्वास्थ्यको हाल सञ्चालित सेवा, महिला तथा बालबालिकामा घरेलु उपचार उपचार, दुध बढाउने जडिवुटि, घरेलु जडिवुटिको सदुपयोग कसरी गर्ने भन्ने बारेमा जानकारी दिन थानसिङ र खानीगाउका महिला स्वास्य स्वयंसेविकालाई सचेतना तालिम दिइएको हो ।

तालिममा आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डा. राजेन्द्रकुमार गिरी, तुलसी श्रेष्ठ, नारायण ओस्ती, अमिना श्रेष्ठ र रामकृष्ण पौडेलले सहभागीहरुलाई प्रशिक्षण दिनुभएको थियो ।

No comments:

Post a Comment