राजेन्द्र न्यौपाने
चैत ७ गोरखा। आइतवार साँभ परेको चट्याङका कारण गोरखामा रहेको रेडियो मनासलु १०३.९ मेगाहर्जको प्रशारण सेवा बन्द भएको छ ।
चैत ७ गोरखा। आइतवार साँभ परेको चट्याङका कारण गोरखामा रहेको रेडियो मनासलु १०३.९ मेगाहर्जको प्रशारण सेवा बन्द भएको छ ।
रेडियोको ट्रान्समिटर, मिक्चर,कम्प्युटर, रिसिभर, वाइरिङ्गतार, एमसी, बल्बहरु, टेलिफोन, इन्टरनेट लगायतका उपकरणहरुमा पूर्ण रुपले क्षेति पुगको रेडियो मनासलुका स्टेशन मेनेजर विष्णु देवकोटाले जानकारी दिनुभयो ।
उपकरण मर्मत तथा सम्भारका लागि र नयाँ खरिदका लागि समय लाग्ने भएकाले अझै दुईदिन रेडियोबाट कार्यक्रम प्रशारण गर्न नसकिने उहाँले बताउनुभयो ।
गोरखा नगरपालिका वडा नं. ७ आहालेमा रहेको रेडियो विगत एकवर्षदेखि प्रशारण हुँदै आईरहेको हो ।
No comments:
Post a Comment