Monday, March 21, 2011

मुद्रण उद्योग संघको अध्यक्षमा पालिखे

राजेन्द्र न्यौपाने
 चैत ७ पोखरा। मुद्रण उद्योग संघ कास्कीको अध्यक्षमा कल्याण पालिखे चयन हुनु भएको छ । संघको साधारणसभाले पालिखेको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमितिको र्निविरोध चयन गरेको छ । जसको उपाध्यक्षमा पदमलाल श्रेष्ठ, सचिवमा राम भण्डारी, कोषाध्यक्षमा सुभाष सिग्देल चयन हुनु भएको छ । समितिका सदस्यहरुमा रतन तमु, नवराज सुवेदी, महेन्द्र बजिमय, किरण श्रेष्ठ र अनुप बज्राचार्य रहनु भएको छ ।

सो साधारणसभामा वोल्दै मुद्रण उद्योग संघका केन्द्रीय अध्यक्ष नरेश बहादुर मल्लले मुद्रण व्यवसायमा दिनानुदिन प्रविधिहरु थपिदै गएकोले व्यवसायीहरु उपडेट भयर हनु पर्नेमा जोड दिनुभयो । उहाँले मुद्रण व्यवसायीका समस्याहरु लाई समाधानको लागि सरकारले पनि पहल गर्नु पर्ने बताउनु भयो । साधारणसभामा सप्लायर्सका तर्फबाट राजु वैध, नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष श्याम कुवर, व्यवसायी किरण श्रेष्ठ लगायतले मनतव्य व्यक्त गर्नुभएको थियो । तदर्थ समितिका संयोजक पदमलाल श्रेष्ठको अध्यक्षतमा सम्पन्न कार्यक्रमको संञ्चालन रतन गुरुङले गर्नुभएको थियो ।

सो अवसरमा संघले नेपाल पत्रकार महासंघको भवन निर्माणको लागि ५ हजार ५ रुपैया नगद सहयोग प्रदान गरेको थियो ।

No comments:

Post a Comment