राजेन्द्र न्यौपाने
फागुन २३ गोरखा। एकीकृत ने.क.पा (माओवादी)का स्थायी समिति सदस्य देव गुरुङले गृह मन्त्रालय माओवादीलाई दिनेभन्ने समहति भएको बताउनुभएको छ । गोरखा, तनहुँ र लमजुङका जिल्ला स्तरका कार्यकर्ताहरुलाई प्रशिक्षण दिन गोरखा आइपुग्नुभएका नेता गुरुङले क्रान्तिकारी पत्रकारसंगले आयोजना गरेको पत्रकार सम्मेलनमा सो कुरा बताउनुभएको हो ।
शान्ति र संविधानका लागि माओवादी हदै सम्म लचक भएर प्रस्तुत भएको बताउँदै उहाँले जनताको सार्वभौमसत्ताको अधिकार ग्रेन्टी हुनुपर्ने बताउनुभयो । फागुन महिनाभित्र मन्त्रीमण्डल पूरा गर्ने तयारी भैरहेको बताउँदै उहाँले राज्यमन्त्रीहरुको भने केही लामो समय लाग्न सक्ने बताउनुभयो ।
सातबुँदे सहमति शान्ति र संविधानका लागि भएको भन्दै उहाँले त्यसको धरातलमा रहेर माओवादीले काम गर्ने बताउनुभयो । सार्वभौमसत्ता सम्पन्न नेपाली जनताको अधिकार स्थापना, शान्ति, संविधान र राष्ट्रिय स्वाधिनताका लागि सातबुँदे सहमति भएको उहाँले दाबी गर्नुभयो ।
पत्रकारहरुले किन गृहमन्त्रालयमा मरिहत्ते गरेको त भन्ने प्रश्नमा छलफलबाट भएको सहमतिमा त्यही छ, माओवादीले जबरदस्ती गरेको होइन भन्नुभयो ।
गृह नपाए के हुन्छ नी भन्ने प्रश्नमा गृह माओवादीको नहुने कुरै हुन्न भन्नुभयो ।
मन्त्रालय भागबण्डा मात्रै चलखेल हो की संविधान पनि बनाउनु भएको छ भन्ने प्रश्नमा उहाँले राज्यपुर्नसंरचनाा विषयमा कत्तिपनि छलफल नभएको र साना हाँगाविगाका कामहरु भैरहेको बताउनुभयो । जेठ १४ गते संविधान जारी हुन्छ कि हुँदैन भन्ने प्रश्नमा उहाँले दलहरु संविधान निर्माणका लागि एक ठाउँमा रहेकाले छलफलबाट सहमतिमा पुग्ने र संविधान बन्न सक्ने बताउनुभयो । यदि संविधान नबने अन्तर्राष्ट्रिय नियम अनुसार जनताको विद्रोह गर्ने अधिकार सुरक्षित रहेको बताउनुभयो । जनताको झुपडीको सम्बोधन हुन नसकेको संविधानको अर्थ नरहने उहाँको भनाई थियो ।
प्रजातान्त्रिक मोर्चा बन्दी बन्दै छ नी यो के हो भन्ने प्रश्नमा उहाँले राष्ट्रघाती, दलाल र राष्ट्रिय आत्मसर्पणवादीहरु त्यो मोर्चामा रहनसक्ने बताउनुभयो । हिमालयन होटलको सभाहलमा भएको कार्यक्रमको सञ्चालन क्रान्तिकारी पत्रकार संघ गोरखाका अध्यक्ष ऋषिराम भट्टराईले गर्नुभएको थियो ।
No comments:
Post a Comment