रमेश रेग्मी
फागुन २३ बागलुङ।काम सकेर कोठातर्फ जाँदै गरेका तीन पत्रकारलाई गएराती प्रहरीले दुव्र्यवहार गरेको छ । सयपत्री एफएम बागलुङमा कार्यरत पत्रकार रमेश रेग्मी, सुवास आचार्य र सुवास पन्तलाई अपशब्द प्रयोग गर्दे बागलुङ बजारमा प्रहरीले दुव्र्यवहार गरेको हो ।

सयपत्री एफ.एम.बाट राती ११ बजे काम सकेर कोठातर्फ जाँदै गरेको अवस्थामा मादक पदार्थ सेवन गरेका जिल्ला प्रहरी कार्यालय बाग्लुङका असई सन्दिपजंग कार्की सहितको प्रहरी टोलीले दुव्र्यवहार गरेको हो ।
कोठातर्फ जाँदै गर्दा लोकतान्त्रिक चोक नजिकै प्रेस पास देखाउँदै गर्दा अपशव्द र अस्शिल शव्द प्रयोग गरी धम्काएको पत्रकार रमेश रेग्मीले बताएका छन । एफ.एम.मा कार्यरत पत्रकारलाई प्रहरीले दुव्र्यवहार गरेकोमा सयपत्री एफ.एमले निन्दा गरेको छ । एफ.एम.का अध्यक्ष जगन्नाथ आचार्यले सुरक्षामा खटिएका प्रहरीलाई जिम्मेवार बन्नको लागि आग्रह गर्नुभएको छ ।
पत्रकार रमेश रेग्मी तराई टेलिभिजनका बागलुङ संबाददाता र सुवास आचार्य माउण्टेन टेलिभिजनका संबाददाता हुन ।
No comments:
Post a Comment