Wednesday, March 16, 2011

सर्वोच्चद्वारा पूर्व मन्त्री एवं कांगे्रस नेता वाग्लेलाई जेल चलानको फैसला


चैत २ काठमाडौं ।
सर्वोच्च अदालतले पूर्व मन्त्री एवं कांगे्रस नेता चिरिञ्जिवी वाग्लेलाई जेल चलानको फैसला सुनाएको छ । भ्रष्टाचारको अभियोगमा करिब ८ वर्ष अघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा आज फैसला गर्दै सर्वोच्च अदालतले करिब डेढ वर्ष कैद तथा २ करोड ३ लाख जरिवाना र त्यत्ति नै बमोजिमको बिगो असूल गर्ने फैसला सुनाएको हो प्रधानन्यायाधीस रामप्रसाद श्रेष्ठ र वरिष्ठ न्यायधीश खिलप्रसाद रेग्मीको संयुक्त इजलासले आज यस्तो फैसला गरेको हो । पटक पटक मन्त्री भएका वाग्लेले पदको दुरुपयोग गरी अकूत सम्पत्ति कमाएको र स्रोत नखुलाएको भन्दै अख्तियारले मुद्दा दायर गरेको थियो ।

No comments:

Post a Comment