Monday, March 21, 2011

क्रान्तिकारी पत्रकार सघ मुस्ताङको दोस्रो भेला सम्पन्न

ज्ञानु सेन्चुरी
 चैत ७  मुस्ताङ । क्रान्तिकारी पत्रकार सघ, मुस्ताङले शनिवार दोस्रो जिल्ला भेला जोमसोममा सम्पन्न गरेको छ । भेलाले आगामी असार मसान्त भित्र दोस्रो जिल्ला अधिबेसन सम्पन्न गर्न शिवानी ल्वागनको सयोजकत्वमा २३ सदस्यीय दोस्रो जिल्ला अबिधेशन तयारी समिति गठन गरेको छ ।

क्रान्तिकारी पत्रकार सघ मुस्ताङकी उपाध्यक्ष शिवानि ल्वागनको अध्यक्षतामा बसेको भेलाले श्रमजिबि क्रियासिल पत्रकारहरुलाई समेटदै अधिबढने निर्णय  गरेको छ ।

श्रमजिबि क्रियासिल पत्रकारहरु स्वतन्त्र रुपमा राम्रा र बिकास निमार्णका कार्यको प्रचार प्रसारमा जुटदै अनियमितता का बिरुद्ध निडर भै कलम चलाउन प्रमुख अतिथी एव एकिकृत नेपाल कम्युनिष्ट पार्टी मुस्ताङका इन्चार्ज कृष्ण प्रसाद पराजुली परिवर्तनले खाग्रह गर्नु भयो ।

दोस्रो जिल्ला अबिधेशन तयारी समितिमा पत्रकार रिनझिन नामग्याल गुरुङ, पासाङ गुरुङ (मराङ), कुंगा तेञ्जिङ गरुङ, धिरज गौचन, बिशाल बिक, ज्ञानु सेन्चुरी, बालकृष्ण मिजार, हरिमाया सुबेदी, रमेश बिक, मधु बराल, समर घताने, निर्मल गिरी, भेषराज बास्तोला, गणेश क्षेत्री, बुद्धिसागर न्यौपाने, शोभा शर्मा, धर्मदत्त सुबेदी, कृष्ण सुबेदी, धुर्व बराल, बन्धु पराजुली, अबिरल न्यौपाने, चन्द्र बस्ताकोटीलगायत २३ सदस्य रहेका छन ।

अबिधेशनको मिति क्रान्तीकारी पत्रकार सघका अध्यक्ष महेश्वर दहालको प्रमुख आतिथ्यतामा अबिधेशन सम्पन्न गरिने सयोजक ल्वागनले बताउनु भयो । अध्यक्ष दहालसग छलफल गरि असार मसान्त भित्रै मिति तय गरि अबिधेशन सम्पन्न गरिने छ ।    

No comments:

Post a Comment