Sunday, March 20, 2011

संविधान सभाको म्याद नथप्न भारतको सुझाव

 चैत ६ काठमाडौं। भारत भ्रमणबाट शनिबार  नेपाल फर्केका मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छेदारले संविधान सभाको म्याद नथप्न भारतले सुझाव दिएको बताउनु भएको छ । भारतले शान्ति प्रक्रिया पूरा गरी जेठ १४ भित्रै संविधान बन्न नसके संविधान सभाको म्याद थप्न नहुने सुझाव दिएको छ।

भ्रमणबाट फकिएर त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उहाले भन्नु भयो , 'तोकिएको समयभित्र संविधान जारी हुन नसके ताजा जनादेशमा जानु सर्वउत्कृष्ट विकल्प हुने भारतीय नेताहरुको सुझाव छ ।'

गच्छदारले माओवादीले शान्ति प्रक्रिया पुरा नगरी संविधान जारी गरेर सत्ता कव्जा गर्ने रणनीति बनाएको दावी गर्दै त्यसका विरुद्ध मधेसी दलहरुले चरणवद्ध आन्दोलन गर्ने बताउनु भयो । संविधानको नाममा माओवादीले सत्ता कव्जा गरेर लोकतान्त्रिक मुल्य र मान्यताको अन्त्य गर्ने रणनीति बनाएको छ, गच्छदारले भन्नु भयो, हामी माओवादीको लोकतन्त्र मास्ने राणनीतिलाई कुनै पनि हालतमा सफल हुन दिदैनौ।

No comments:

Post a Comment