अनुप बाबु श्रेष्ठ
फागुन २० गोरखा। नेपाल पत्रकार महाँसघं गोरखा शाखाले आज परिचयात्मक तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ ।
जिल्ला न्यायधिश प्रभा बस्नेतको प्रमुख आतित्थ्यतामा सम्पन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मदन वाग्ले,स्थानिय बिकास अधिकारी तिलक पौड्याल,एकिकृत नेकपा माओवादीका लेख बहादुर थापा ,नेपाली काङ्ग्रेस नगर सभापति राजन पन्त,एमाले जिल्ला सचिव सम्झना देवकोटा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
आजै तेस्रो जिल्ला अधिवेशनबाट मनोनित अध्यक्ष सहित मनोनयनका सदस्यहरु लाई प्रमाण पत्र वितरण गरियो साथै निर्वाचित सदस्यहरुलाई मायाको चिनो समेत प्रदान गरीएको थियो ।
कार्यक्रम महासघं गोरखका अध्यक्ष शुशिल बाबु श्रेष्ठ कैलाशको अध्यक्षतामा सम्पन्न भएको थियो ।
No comments:
Post a Comment