Thursday, March 17, 2011

भट्टराईको अस्तु नुवाकोटको तादी र त्रिशूली नदीको संगम स्थलमा विसर्जन


कूल तामाङ 
 चैत २ नुवाकोट। नेपाली कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईको अस्तु नुवाकोटको तादी र त्रिशूली नदीको संगम स्थलमा विसर्जन गरिएको छ । नेपाली कांग्रेस नुवाकोटले सदरमुकामबाट ¥याली सहित गएर अस्तु विसर्जन गरेको हो ।

विदुरस्थित पार्टी कार्यालया श्रद्धाञ्जली सभा सकेर अस्तु देविघाट लगेर बगाएको हो । भट्टराईको अस्तु केन्द्रिय सदस्य मानबहादुर विश्वकर्माले बगाउनु भएको थियो ।

यसैगरी नेपाली कांग्रेस तारुका र बुधसिङ गाउँ इकाइ समितिले संयृुक्त शोक सभा गरेको छ । तारुकाको चन्दनीमा भएको शोक सभा विणारत्न शाक्य, राजकुमार भट्टराईलगायतले मन्तव्य राख्नुभएको थियो ।

No comments:

Post a Comment