Monday, March 14, 2011

तमोर नदीले बगाएर बेपत्ता भएका युवकको शव फेला

देवकला कार्की
 फागुन ३० धनकुटा। धनकुटाको मुलघाट स्थित तमोर नदीले बगाएर शनिवार बेपत्ता भएका युवकको शव आज फेला परेको छ । तमोर नदिमा साथीहरुसँग नुहाउन गएका संखुवासभा जिल्ला मादी मुलखर्क वडा नं.६ घर भएका १९ बर्षिय अजय गुरुङ्ग शनिवारदेखी नदीले बगाएर बेपत्ता भएका थिए ।

 उनको शव आज मात्रै फेला परेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी निरीक्षक भद्रमान मोतेले वताउँनु भयो । उनको शव आजै जिल्ला अस्पताल धनकुटामा पोष्टमार्टम गरी परिवारलाई वुझाइएको पनि जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

गुरुङ्ग धनकुटास्थित गोकुण्डेश्वर वालमन्दिर उच्च माविमा कक्षा १२ मा अध्ययनरत थिए।

No comments:

Post a Comment