चैत ७ बिराटनगर। नेपाली कांग्रेसका सभापति शुसिल कोइरालाले एमाले र माओवादीको गुटवन्दीपूर्ण सात बुँदे सम्झौता खारेज भए नयाँ सहमतिका लागि वार्ता गर्न कांग्रेस तयार रहेको बताउनु भएको छ । विराटनगर विमानस्थलमा सोमबार संचारकर्मीसंग कुरा गर्दै सभापति कोईरालाले नेपाली कांग्रेसले सरकार बाहिर रहे पनि संविधान लेखन र शान्ति प्रक्रियामा सकारात्मक भूमिका खेल्ने बताउनु भयो । सरकारमा रहेका दलहरूले आफुलाई सुधार गरे कांग्रेस नयाँ सहमतिका लागि तयार रहेको उहाँको भनाई छ ।
सभापति कोइरालाले समयमै लोकतान्त्रिक संविधान बन्नेमा आफु आशावादी रहेको उल्लेख गर्दै संविधान वन्ने र शान्ति प्रक्रिया टुंगोमा पुग्ने समय रहेकोले नकारात्मक सोच बनाउन नहुने धारणा राख्नु भयो । सविधान बन्दैन कि भनेर नकारात्मक कुरा गर्दै हिड्नु ठीक होइन भन्दै कोइरालाले संविधान लोकतान्त्रिक नै बन्ने दावी गर्नु भयो ।
सुनसरीको इटहरीमा भोलि हुने नेपाल प्रेस यूनियनको सातौ महाधिवेशन उद्घाटन गर्न सभापति कोइराला विराटनगर पुग्नुभएको हो ।
No comments:
Post a Comment