Tuesday, February 15, 2011

दोस्रो राप्ति पर्यटन महोत्सबको तयारी ८० प्रतिशत पुरा

जनक नेपाली फागुन ३ दाङ ।
दाङको घोराहिमा  फागुन ६ गते देखि शुरु हुन लागेको दोस्रो राप्ति पर्यटन महोत्सबको तयारी ८० प्रतिषत पुरा भएको राप्ति पर्यटन महोत्सब मुल समिति दाङले जनाएको छ । मुल समितिका अध्यक्ष अमर बहादुर डागिले हाल सम्म महोत्सबको ब्यबस्थापकिय कामहरु पुरा भएको जानकारी दिनु भयो । समितिका अनुसार स्टल बनाउने कार्य , खानेपानि तथा शौचालय ब्यबस्थापन, राप्ति गायन ताराको छनौट प्रक्रिया एंब महोत्सबका पोष्टर एंब ब्यानरहरु बनाउने लगाएतका कार्यहरु पुरा भएको छ । यसैगरी महोत्सब स्थलसम्म बिद्युत लाईन बिस्तारको कार्य पनि सकिएको महोत्सब मुल समितिका संयोजक डागिले जानकारी दिनुभयो ।

No comments:

Post a Comment