सुरेश विडारी फागुन २ महोत्तरी ।
द्धन्द्धकोको समयमा सुरक्षाकर्मीले हत्या गरेर ४ ब्यक्तिलाई गाडेको आशङ्कामा धनुषाको गदोर स्थित कमला नदीमा शव उत्खनन कार्य फेरि सुरु भएको छ । भदौमा एक चरणको उत्खनन गरेर स्थगित गरिएको भएपनि केही अवशेषहरु फेला परेपछि उत्खनन कार्य फेरि सुरु गरिएको हो । राष्ट्रिय मानवअधिकार आयोगको अग्रसरतामा अन्तर्राष्ट्रिय रुपमै स्थापित विधि र प्रक्रिया अनुसार उत्खनन कार्य सुरु भएको स्थानीय बासिन्दाहरुले जनाएका छन् । मानव अधिकार आयोगद्धारा जारीे विज्ञप्तिका अनुसार कार्य सम्पन्न हुन एक हप्ता लाग्ने छ यस कार्यमा फोरेन्सिक विज्ञ जर्मनीका डा उडो केन्जर, डा हरिहर वस्ती लगाएतका पुरातत्व तथा विधि विज्ञान विशेषज्ञहरू र आयोगका अधिकृतहरू कमला नदि किनारमा पुग्नु भएको छ । अघिल्लो चरणको उत्खनन्को समयमा फेला परेका अवशेष र प्रमाणहरूको अनुसन्धान फिनल्यान्ड स्थित हेलिसन्की विश्वविद्यालय तथा नेपालको राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा भइरहेको आयोगका प्रवक्ता गौरी प्रधानले जानकारी दिनुभयो । आयोगले २ हजार ६० साल असोजमा गरेको अध्ययनले सुरक्षाकर्मीले सञ्जीवकुमार कर्ण, दुर्गेश लाभ, जितेन्द झा, प्रमोदनारायण मण्डल र शैलेन्द्र यादवको हत्या गरी कमला नदीको किनारमा गाडेको उल्लेख गरेको थियो ।
No comments:
Post a Comment