Monday, February 14, 2011

बुंकोटमा लखन स्मृति दिवस सम्पन्न

गोरखा सम्बाददाता
 फागुन २ गोरखा । नेपालका प्रथम सहिद लखन थापाको १ सय ३४ औं जन्मजयन्ती विविध कार्यक्रम गरी बुंकोट काउलेभंगारमा सम्पन्न भएको छ।

 प्रथम सहिद लखन थापामगर तथा जैसिङ्ग चुमी प्रजातान्त्रिक क्लवको आयोजनामा बुंकोटको काउले भंगारमा भलिवल प्रतियोगिता सम्पन्न भएको छ ।

 क्लवका अध्यक्ष कृष्ण बहादुर आलेले उद्घाटन गर्नुभएको उक्त कार्यक्रम आज समापन गरिएको छ । राज्यले प्रथम सहिद भनि घोषणा गर्नुपर्ने भन्ने मगर समुदायका मानिसहरूले मतत्व्य राखेका थिए ।

 राणा शासनकालमा अन्याय र अत्याचारको विरोध गरेका कारण लखनथापालाई खिर्रोको रुखमा झुण्याएर मारिएको थियो ।

  

No comments:

Post a Comment