Monday, February 14, 2011

देवीघाटमा श्री नीलकण्ठाश्रम कैलाशधामको निर्माण सम्पन्न


कुल तामाङ्
 फागुन २ नुवाकोट। नुवाकोटको देवीघाटको जालपा क्षेत्रमा श्री नीलकण्ठाश्रम कैलाशधामको निर्माण सम्पन्न भएको छ ।  जालपा क्षेत्र विकास समितिले धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने क्रममा विदुर नगरपालिका वडा नंं ७ देविघाटमा श्री नीलकण्ठाश्रम कैलाशधामकाको निर्माण गरेको हो ।

देविघाटको पृथ्वी स्मारकसंगै रहेको धाममा चार वेद, १८ पुराण, १२ ज्यातिर्लिंग र ६४ शिवलिंग एकै ठाउँमा रहेका छन् । नेपालमै यसप्रकारको धाम पहिलो भएको दाबी गरिएको छ ।

समितिले हिन्दूहरुको पवित्र धामको रुपमा विकास गर्न पाँच वर्षअघि सुरु भएको धाम निर्माण कार्य पूरा भएको छ । विभिन्न संस्था र व्यक्तिको सहयोगमा करिब २२ लाख रकम जुटाई धाम निर्माण सम्पन्न गरिएको जालपाक्षेत्र विकास समितिका अध्यक्ष मानबहादुर डंगोलले बताउनुभयो ।

वृत्ताकारको संरचना निर्माण गरी धाममा हिन्दू धर्मसंग सम्बन्धित सबै वेद, पुराण र सबै ज्योतिर्लिंग र शिवलिंगको दर्शन एकै ठाउँमा गर्न पाइने धाम नेपाल र भारतका कुनै पनि ठाउँमा अहिलेसम्म नभएको समितिले जनाएको छ ।

धामको लागि मन्दिर निर्माण, पाटी र घेराबन्दीको कार्य सम्पन्न भई सबै शिबलिंग ज्योतिर्लिंग, बेद र पुराणहरु ल्याएर राख्ने काम सकिएको छ । मन्दिरभित्र बीचमा निलकण्ड महादेवको चतुर्मुखी प्रतीक, त्यसको चार कुनामा चार वेद र रिंगै १८ पुराण रहने मन्दिरको मण्डपमाथिको बरण्डामा पहिलो १२ ज्योतिर्लिङ्ग र त्यसभन्दा बाहिर ६४ शिबलिंगको घेरा रहेको छ ।

महादेवको चतुर्मुखी प्रतीक, सबै शिबलिंग र ज्योतिर्लिंगलाई फागुन १ गते आइतबारदेखि ७ गते शनिबारसम्म विशेष वैदिक विधिद्वारा जल, धान, पुष्प, बस्त्रआदिमा बास गराई प्राणप्रतिष्ठा गर्ने कार्य भईरहेको छ ।

No comments:

Post a Comment