Thursday, February 17, 2011

तत्काल सरकारमा नजाने माओवादीको निर्णय


फागुन ५ काठमाडौं। एकीकृत नेकपा माओवादी र नेकपा एमालेका वीचमा प्रधानमन्त्री निर्वाचनका क्रममा भएको सात बुँदे सम्झौता प्रति नेकपा एमालेको दृढ प्रतिबद्धता ब्यबहारमा प्रर्दशन हुन नसकेको भन्दै माओवादीले तत्काल सरकारमा नजाने  निर्णय गरेको छ । उसले यस्तो स्थितिमा सरकारलाई बाहिरबाट समर्थन गर्ने नीति  भने हाललाई कायमै राखिएको जनाएको छ।


माओवादी प्रवक्ता दीनानाथ शर्माद्वारा जारी विज्ञप्ति

हाम्रो पार्टी एकीकृत नेकपा (माओवादी)को आज मिति २०६७ फागुन ५ गते अध्यक्ष क. प्रचण्डको अध्यक्षतामा बसेको स्थायी समिति बैठकको निम्न निर्णय सार्वजनिक गर्न यो विज्ञप्ति जारी गरिएको छ। हाम्रो पार्टी एकीकृत नेकपा (माओवादी) र नेकपा (एमाले)को बीचमा प्रधानमन्त्री निर्वाचनको क्रममा भएको सात बुँदे सम्झौताप्रति नेकपा (एमाले)को दृढ प्रतिवद्धता व्यवहारमा प्रदर्शन हुन नसकेकोले हाम्रो पार्टी सरकारमा सहभागि हुने अवस्था अझै सिर्जना नभइसकेको स्थितिमा सरकारलाई बाहिरबाट समर्थन गर्ने नीति हाललाई कायमै राखिएको छ।
फागुन ५, २०६७

No comments:

Post a Comment