कुल तामाङ्
फागुन ५ नुवाकोट। नुवाकोटको ककनी गाविसको सिस्नेरीमा आज ट्राउट पालक किसानहरु र सेवा प्रदायकहरु विच अन्तरक्रिया भएको छ ।एक गाउ एक उत्पादन नुवाकोटको आयोजनामा भएको कार्यक्रममा सहभागी किसानहरुले आफ्ना समस्या भावी चुनौतीको विषयमा छलफल गरेका थिए । कतिपय किसानको भुरा तथा माछा नविकेको समस्यालाई समाधान गर्न किसानहरुले भुरा खरिद तथा विक्री कार्यलाई तत्काल सुरु गर्ने भएका छन् ।
छलफलमा सहभागी विज्ञहरुले माछाको मुल्य घटाउन र गुणस्तर कायम गर्न सल्लाह दिएका थिए । माछाको उत्पादन बढेको तर नियमित बजारमा वितरण गर्न नसक्दा केही किसानहरु समस्यामा समेत परेको बताईको छ ।
कार्यक्रममा नुवाकोट उद्योग बाणिज्य संघका अध्यक्ष तथा एक गाउ एक उत्पादन कार्यक्रममा संयोजक शरण उत्सुक सापकोटाले किसानहरुले दाना, भुरा, माछाको मुल्यमा एक रुपता ल्याउन र सेवाको गुणस्तरलाई कायम राखेमा मात्र किसानहरुको भविष्य रहने बताउनुभयो । उहाले केही किसानहरुले मरेमा माछाहरु समेत बजारमा लगेर बजारको विस्वासमा खेलबाड गरेको पाइएकोले यसलाई सबै किसानले गम्भीर रुपमा लिन पर्ने बताउनुभयो ।
जिल्ला कृषि विकास कार्यालय नुवाकोटका प्रमुख तथा एक गाउ एक उत्पादन कार्यक्रमका सहसंयोजक राजाराम अधिकारीले जिल्लाको माछाको उत्पादन, किसानको सख्ंया लगायतको विषयमा जानकारी दिनुभएको थियो ।
कार्यक्रममा माछा विज्ञ राजाराम मुल्मीले किसानले दाना खुवाउने तरिका समेत उचित नहुदा माछामा रोगहरु समेत बढी देखिएको बताउनुभयो । मत्स्य विकास केन्द्रका कार्यक्रम निर्देशक रमान्द मिश्रले किसानहरुले बजार र ग्राहकको मागलाई वेवास्ता गरेर अगाडी बढ्न नहुने सुझाव दिनुभयो ।
No comments:
Post a Comment