कुल तामाङ्
फागुन ५ नुवाकोट। नेपाल पत्रकार महासंघ नुवाकोटको चौथो जिल्ला अधिवेशन गर्नेक्रममा निर्वाचन अधिकृतमाथि गाली गलौज र हातपातको प्रयास गरिएपछि त्यसको विरुद्धमा महासंघकेन्द्रीय कार्यालयमा विहीवार उजुरी दर्ता गरिएको छ । महासंघको निर्वाचन गर्नेक्रममा बुधवार वेलुकी महासंघको साधारणसमेत नभएको युवाहरु निर्वाचनस्थलमा प्रवेश गरी निर्वाचन अधिकृत केशव मिश्रमाथि अभद्र व्यवहार गर्दै हातपात गरेपछि मिश्रले कारवाहीको माग गर्दै महासंघमा उजुरी दर्ता गराएका हुन् ।

हातपातपछि नेपाल पत्रकार महासंघ नुवाकोट शाखाको अधिवेशन अवैधानिक भएको जनाउँदै नुवाकोटका १५ जना पत्रकारले महासंघको समानान्तर समिति गठन गरेका छन् । प्रेस युनियनले सहमति उलंघन गरेपछि प्रेस चौतारी र क्रान्तिकारी पत्रकार संघले अधिवेशन वहिस्कार गरी विहीवार समानान्तर शाखा गठन गरेका हुन् ।
नवगठित शाखाको अध्यक्षमा बद्रीप्रसाद प्याकुरेल, उपाध्यक्षमा केशव मिश्र, सचिवमा भोलाराज पौडेल, सहसचिवमा रामहरि गजुरेल र कोषाध्यक्षमा श्रीराम अधिकारी रहनुभएको छ । सदस्यहरुमा पुरुषोत्तम लम्साल, नवदीप श्रेष्ठ, सन्तोष रिजाल र विष्णु जम्कटेल रहेका छन् । यसैगरी केन्द्रीय पार्सदहरुमा देवचन्द्र भट्ट र दयानिधि भट्ट रहेका छन् ।
प्रेस युनियनले महासंघलाई क्रियाशील बनाउने र सबै पक्षका पत्रकारहरु मिलाउने उद्देश्यले क्रान्तिकारी र चौतारीलाई दुई÷दुई पार्सदसहित समानुपातिक प्रतिनिधित्व गर्ने सहमति भएको थियो । युनियनले नेपाली कांग्रेसका सभापति जगदिश्वरनरसिंह केसीको ठाडो निर्देशनमा अन्य संगठनलाई निस्तेज गरि
युनियनलाई मजवुत बनाउनुपर्ने निर्णय गरेपछि समानान्तर शाखाको गठन गरिएको प्रेस चौतारीका अध्यक्षसमेत रहेका निर्वाचन अधिकृत केशव मिश्रले बताउनुभयो ।
युनियनलाई मजवुत बनाउनुपर्ने निर्णय गरेपछि समानान्तर शाखाको गठन गरिएको प्रेस चौतारीका अध्यक्षसमेत रहेका निर्वाचन अधिकृत केशव मिश्रले बताउनुभयो ।
विहीवारै प्रेस चौतारी नेपाल जिल्ला शाखा नुवाकोट र क्रान्तिकारी पत्रकार संघ नुवाकोटले संयुक्त विज्ञप्ती प्रकाशित गरी अधिवेशनको नाममा युनियनले गुण्डा प्रयोग गरी प्रेस चौतारीका अध्यक्ष केशव मिश्रमाथि गरेको हातपातको प्रयास घटनाको भत्र्सना गरेका छन् । दुवै संगठनले चौतारीका अध्यक्ष मिश्रमाथि भएको दुव्यवहार र अधिवेशनको नाटकको भत्र्सना गरेका छन् । चौतारीका अध्यक्ष केशव मिश्र र क्रान्तिकारी पत्रकार संघका अध्यक्ष बद्री प्याकुरेलले संयुक्त विज्ञप्ती प्रकाशित गरी अवैधानिक रुपमा स्वघोषित महासंघका कुनै पनि क्रियाकलापमा तीन वर्षसम्म सहभागी नहुने र कुनै पनि रुपमा सहयोग नगर्ने एवं समानान्तर जिल्ला शाखालाई मान्यता दिन केन्द्रीय कार्यसमितिमा पहल गर्ने जनाएका छन् ।
यसैवीच, नेपाल पत्रकार महासंघ रसुवाको प्रथम जिल्ला अधिवेशन धुन्चेमा सम्पन्न भएको छ । अधिवेशनले आगामी दिन वर्षे कार्यकालको लागि भगिरथ देवकोटाको अध्यक्षतामा आठ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको छ । अधिवेशनले उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमश सुशील कोइराला, हेमनाथ खतिवडा, लिला नेपाल र ठाकुर अधिकारीलाई चयन गरेका छ । सदस्यहरुमा मालफुर्पा तामाङ, प्रेम पौडेल र विस्वास नेपाली रहेका छन् भने सभासदहरुमा बलराम घिमिरे, कृष्ण थापा र सोमबहादुर तामाङ रहेका छन् ।
No comments:
Post a Comment