भगीरथ अवस्थी
फागुन ४ बैतडी। बैतडीका ३५ ओटा गाविसका ६८९५ कृषकहरुलाई आगामी एक हप्ताभित्रै निशुल्क मलखाद वितरण गरिने भएको छ । अघिल्लो सिजनमा सावीत्री जातको धान लगाएर धानामा बाला नलागेपछि नोक्सानी खेपेका किसानहरुलाई राहत स्वरुप मलखाद वितरण गर्न लागिएको हो ।
एफ ए ओ को सहयोगमा जी आइ जेडले निशुल्क रुपमा किसानहरुलाई म्ब्ए,युरिया र पोटास मल वितरण गर्न लागेको हो । किसानहरुलाई वितरण गर्नका लागि ७०१ मेट्रिकटन मलखाद ७ ओटा गोदाममा राखिएको बताइएको छ । आज जिल्ला कृषि विकास कार्यालय बैतडीमा बसेको जिल्ला योजना समन्वय समितिको बैठकले मलखादलाई प्रभावकारी रुपमा वितरण गर्ने निर्णय समेत गरेको छ ।
७ ओटा गोदामबाट प्रति किसान १०१ किलोका दरले मलखाद वितरण गरिने र सो मलखादलाई गहुँबालीमा टप ड्रेसिङ गर्नका साथै मकै र धानबालीका लागि समेत प्रयोग गर्न सकिने जिल्ला कृषि विकास कार्यालय बैतडीका प्रमुख रामलखन मण्डलले बताउनु भएको छ । यसका साथै गतसिजनमा धानबालीबाट नोक्सानी खेपेका डोटी र दार्चुलाका किसानहरुलाई समेत मलखाद वितरण गरिने भएको छ ।
No comments:
Post a Comment