Wednesday, February 16, 2011

माग सुनुवाई नभएकोमा राखेप कर्मचारी संघको आपत्ति

फागुन ४ काठमाडौं राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा सहायक प्रशिक्षक प्रशिक्षण तालिम प्राप्त गरिसकेका प्रशिक्षार्थीहरुले केहि समयदेखि राखेका मागहरुप्रति व्यवस्थापन पक्षले चासो नदेखाएको प्रति राखेप कर्मचारी संघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

संघले आज एउटा विज्ञप्ति प्रकाशित गरी लामो समयसम्म राखेपमा तालाबन्दी भइरहँदा सम्पूर्ण खेलक्षेत्रमा नकारात्मक असर पर्न जानेतर्फ सचेत गराएको छ । संघले सहायक प्रशिक्षक प्रशिक्षार्थीहरुको उचित मागको व्यवस्थापन पक्षले यथाशीघ्र सम्बोधन गरी समस्याको समाधान गर्न माग गर्दै उचित माग पूरा नगरेसम्म आफ्नो समर्थन रहने र व्यवस्थापन पक्षले माग पूरा गर्न नसक्ने भए पदबाट तुरुन्त राजीनामा गर्न जोडदार माग गरेको छ ।

No comments:

Post a Comment