Wednesday, February 16, 2011

संवैधानिक समितिमा एकसरो छलफल सम्पन्न


 फागुन ४ काठमाडौं। संविधानसभाको संवैधानिक समितिले विषयगत समितिका मस्यौदा प्रतिवेदनमाथी एकसरो छलफल टुङ्ग्याएको छ । नियमावलीमा संशोधनपछि गत माघ १८ देखि बसेको सम्बैधानिक समिति बैठकले उच्चस्तरीय कार्यदलले सहमति जुटाउन नसकेका तीन विषयमा सहमति जुटाएको छ ।

केन्द्र र प्रदेशमा एकै प्रकारको निर्वाचन प्रणाली अपनाउने र नयाँ संविधानमा संक्रमणकालीन व्यवस्थामा सहमति भएको सम्बैधानिक समिति सभापति निलाम्बर आचार्यले जानकारी दिनुभयो । यसअघि कार्यदलबाट मिल्न नसकेका ७८ विवाद ७५ मा झरेको छ ।

 नयाँ संविधानमा बाधा अड्काउ फुकाउ सम्बन्धी व्यबस्थालाइ संक्रमणकालीन व्यवस्थामा राख्ने तथा बाधा अड्काउ फुकाउ सम्बन्धी निर्णय व्यबस्थापिका संसद बसेको एक महिनामा अनुमोदन गर्नुपर्ने व्यबस्था गर्ने सहमति भएको सभापति आचार्यले बताउनुभयो । सहमति जुटन नसकेका वियालाइ अनौपचारिक छलफल मार्फत मिलाउन कोशिष गरिने उहाँले जानकारी दिनुभयो ।

 संवैधानिक समिति बैठक आगामी ९ मा   बस्ने गरी स्थगित भएको छ । त्यस विषयमा शीर्ष नेताहरुसँग परामर्श गरिने सभापति आचार्यले बताउनुभयो ।

No comments:

Post a Comment