Saturday, February 12, 2011

सरकारद्धारा बजेट सम्बन्धी चारवटा विद्येयक सदनमा प्रस्तुत

 माघ २९ काठमाडौ । सरकारको तर्फवाट उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीले अध्यादेश मार्फत ल्याइएको बजेट सम्बन्धी चारवटा विद्येयक आज व्यवस्थापिका संसदको बैठकमा प्रस्तुत गर्नुभएको छ । अध्यादेश जारी भएको ६० दिन भित्र व्यवस्थापिका संसदले विधेयक पारित गर्नुपर्ने प्रावधान भएकाले सरकारले सो म्याद सकिन चार दिन मात्र बाँकी हुँदा प्रक्रिया अगाडि बढाएको हो ।

अधिकारीले संसदमा आर्थिक अध्यादेश, विनियोजन अध्यादेश, राष्ट्र  ऋण उठाउने अध्यादेश र ऋण तथा जमानत अठारौं संशोधन अध्यादेश प्रस्तुत गर्नुभएको हो । बजेट पारितका लागि कम समय भएकाले सामान्य छलफल पछि अध्यादेश पारित गर्ने तयारी गरेको हो । सरकारले प्रतिस्थापन विधेयक समेत सँसदहरुलाई बाँडिएको थियो ।

यसअघि विना विभागीय मन्त्रीको रुपमा सपथ लिएका अधिकारीलाई प्रधानमन्त्री कार्यालयबाट अर्थ मन्त्रीको जिम्मेवारी रहेको पत्र पढेर सुनाउँदै सभामुख सुभाष नेम्वाङले ति विद्येयकहरु प्रस्तुत गर्न समय दिनुभएको थियो । संसदको बैठक फागुन २ गते सम्मका लागि स्थागित गरिएको छ ।

No comments:

Post a Comment