Tuesday, February 15, 2011

सहमतिको ताला खुल्यो

गणेश खनाल फागुन ३ अर्घाखॉची ।
शिक्षक नियुत्तिका लागी लिएको बिज्ञापन रद्ध गर्ने सहमति भएपछि अर्घाखॉचीको पाण्निबहुमुखी क्याम्पस सन्धिखर्कमा सोमवार लागेको ताला मगलवार खोलिएको छ । क्याम्पस प्रशासनले क्याम्पसको आवश्यकतालाई नहेरि राजनितिक रुपमा प्रकृया नपुराई  नेपालस् बिषयको शिक्षक नियुक्ति गर्न लागेको भन्दै नेबिसंघ पाणिनी इकाई समितीले क्याम्पसमा सोमवार तालाबन्दी गरेको थियो । क्याम्पस ब्यबस्थापन समिति,क्याम्पस प्रशासन र नेबिसंघबिच भएको सर्बपक्षिय बैठकमा बिज्ञापन रद्ध गरी नया तरिकाले विज्ञापन खोल्ने सहमति भएपछि ताला खोलिएको नेबिसंघका गणेश भण्डारीले जानकारी दिनु भयो ।

No comments:

Post a Comment