Wednesday, February 16, 2011

माओवादीलाइ गृहमन्त्रालय सहित ११ मन्त्रालय


 फागुन ४ काठमाडौं।   एकीकृत नेकपा माओवादीले गृहमन्त्रालय सहित ११ मन्त्रालय पाउने भएको छ । सरकार गठनमा महत्वपूर्ण भुमिका निर्बाह गरेको माओवादीलाइ गृहसहित परराष्ट्र, स्थानीय विकास, शान्ति, भौतिक योजना तथा निर्माणलगायत मन्त्रालय दिन एमाले सहमत भएको छ ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री झलनाथ खनालबीच बुधबार विहान बालुवाटारमा भएको भेटमा ११ मन्त्रालय माओवादीले र ८ मन्त्रालय एमालेले लिने सहमति भएको हो । २६ मन्त्रालयमध्ये बाँकी मधेसी जनअधिकार फोरम नेपाल, तराई मधेस लोकतान्त्रिक पार्टी नेपाललगायत अन्य दलका लागि छुट्टाइएको छ ।

 प्रधानमन्त्रीसँगको भेटमा माओवादी नेताहरुले सात बुँदे सहमति कार्यान्वयनप्रति एमाले भित्रको असन्तुष्टिप्रति चासो राखेको बताइएको छ । करिब १० मिनेटसम्म भएको भेटवार्तामा भोलीसम्म मन्त्रिपरिषद विस्तार गर्ने सहमतिसमेत भएको जनाएको छ ।

No comments:

Post a Comment