Wednesday, February 16, 2011

राष्ट्रपति र प्रधानमन्त्री बीच भेटवार्ता

 फागुन  ४ काठमाडौं । राष्ट्रपति डा रामवरण यादव र प्रधानमन्त्री झलनाथ खनालबीच भेटवार्ता भएको छ । बुधबार विहान राष्ट्रपति कार्यालय शीतल निबासमा भएको भेटवार्तामा प्रधानमन्त्री खनालले सरकार गठनमा भएको प्रगति र समसामयीक परिस्थितिबारे राष्ट्रपति यादवलाइ जानकारी गराउनु भएको थियो ।

 प्रधानमन्त्री खनालले माओवादीसँग मन्त्रालय बाँडफाँटमा भएको सहमतिबारे राष्ट्रपतिलाई जानकारी गराएको स्रोतले जनाएको छ । राष्ट्रपति यादवले सरकारलाई छिटो पूर्णता दिएर शान्ति र संविधानको लागि सहज वातावरण बनाउन प्रधानमन्त्री खनाललाई आग्रह गर्नुभएको थियो । जवाफमा प्रधानमन्त्री खनालले माओवादीसँग मन्त्रालय बाँडफाँटमा कुरा मिलिसकेकोले छिट्टै सरकारलाई पूर्णता दिने बताउनु भएको थियो । यसअघि आजै विहान प्रधानमन्त्री खनाल र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको थियो ।

No comments:

Post a Comment