Wednesday, February 16, 2011

हावाहुरीका र वर्षातको कारण गोरखाका ग्रामिण सडक अवरुद्ध

 राजेन्द्र न्यौपाने
 फागुन ४ गोरखा। हावाहुरीका र वर्षातको पानीका कारण गोरखा जिल्लाका ग्रामिण सडक अवरुद्ध वनेको छ ।
 गोरखा जिल्लाका ग्रामिण सडकका २१ भन्दा बढी रुटका करिव ६५ यात्रुवहाकहक बसहरु हाल गोरखा सदरमुकाममै रहेको यातायात व्यवसायी संघ गोरखाका अध्यक्ष ज्ञानेन्द्र श्रेष्ठले वताउनुभयो ।
     
हावाहुरीका साथ बुधबारदेखि आएको पानीले यातायात अवरुद्ध भएको र यसका कारण तीन दिनसम्म यातायात सञ्चालन नगरिने यातायात व्यवसायी समिति गोरखाका कोषाध्यक्ष नारायण खत्रीले थप जानकारी दिनुभयो  ।
यातायात बन्द भएका कारण ग्रामिण भेगका मानिसहरू समस्यामा परेका छन् ।

 गोरखा जिल्लामा २४ किलोमिटरमात्र पक्कीबाटो रहेको छ ।

No comments:

Post a Comment