एकमाया तमु फागुन ६ गोरखा ।
नेपाल पत्रकार महासंघ गोरखामा शनिबार हुने पत्रकार महासंघको निर्वाचन प्रक्रियामा छलफल भईरहेका बेला क्रान्तिकारी पत्रकारसंघ गोरखाले सचिव र कोषाध्यक्ष पद सहित ६ जना कार्यसमितिका सदस्य र ३ जना केन्द्रीय पार्सदको दावी गरेको छ ।
संघको जिल्लामा आज बसेको बैठकले पत्रकारितका क्षेत्रको विकासको लागि क्रान्तिकारीहरुले नेतृत्व गर्नुको विकल्प नरहेको ठहर गर्दै क्रान्तिकारी पत्रकारसंघको नेतृत्व पंक्तिको नेतृत्वमा महासंघमा भाग लिन लागेको हो ।
संघले को को जाने भन्ने विषयमा छलफल जारी रहेको बताएको छ । चुनावी प्रक्रियाबाट भन्दा पनि सहमतिबाट जान समेत उसले सुझाव दिएको छ । चुनावी प्रक्रियामा जाँदा क्रान्तिकारीले सबै सिट जित्ने सुनिश्चित भएकोले पत्रकारहरुको साझा संस्थालाई विवादको विषय बनाउन नहुने क्रान्तिकारी पत्रकार संघले बताएको छ ।
देश शान्ति प्रक्रियामा अघि बढेको र संविधान जारी गर्ने दिन ९९ मात्र रहँदा पत्रकारहरु नै विवादमा परेर कमजोर बन्न नहुने सो संघले ठहर गरेको छ । शान्ति विरोधी र हिँसा भड्काउन अभियानले जिल्लामा पत्रकारिता भित्र चलखेल गर्न थालेको सुन्नमा आएकोले गलत हर्कत गर्नेलाई कलमबाटै सखाप पारिने उनीहरुले चेतावानी दिएका छन् ।
गोरखामा पसेर गोरखाली मानिसहरु, यहाँका पत्रकारहरु र गोरखाको शान्तिपूर्ण पत्रकारितको क्षेत्रमा कसैले हमला गरे त्यसको व्याज सहित असुलउपर गर्ने क्रान्तिकारी पत्रकारसंघ गोरखाले चेतावनी दिएको छ । सबैभन्दा ठूलो, शक्तिशाली, नैतिकवान र जिम्मेवार संस्थालाई संस्था हाँक्ने अधिकार रहेको भन्दै संघले निर्णय भएको बटमलाईनबाट कत्तिपनि पछि नहट्ने बताएको छ ।
साथै संघले गोरखामा पत्रकार महासंघको आफ्नो भवनको आवश्यकता परेकोले यसका लागि तुरुन्त प्रक्रिया अघि बढाई यो वर्षदेखि नै कामको थालनी गर्ने समेत बताएको छ । श्रमजीवि पत्रकार ऐन कार्यन्वयन गर्न गराउन समेत सबैलाई उसले आग्रह गरेको छ ।
श्रमजीवि पत्रकार ऐन र पत्रकार आचारसंहिताको गोरखामा क्रान्तिकारी पत्रकार संघले अक्षरस पालना गर्दै आएको छ ।
गोरखाको पत्रकारिताका क्षेत्रमा हमला गर्न खोज्नेको भविष्य इतिहासबाट नामेट पारिने उसको चेतावनी रहेको छ । चेनअफ कमाण्डमा रहेका क्रान्तिकारी पत्रकारहरुको सहयोग विना कसैको पनि अधिकार स्थापित नहुने पक्कपक्कि रहेको छ ।
No comments:
Post a Comment