राजेन्द्र न्यौपाने फागुन ६ गोरखा ।
गोरखा जिल्लामा जारी निर्माण व्यवसायीसंघको सातौं जिल्ला अधिवेशनले भरतबाबु श्रेष्ठलाई निर्विरोध अध्यक्षमा निर्वाचित गरेको छ । संस्थाको स्थापनाकाल २०४८ देखि हालसम्म निरन्तर उपाध्यक्ष पदमा रही काम गर्दै आउनुभएका श्रेष्ठ आज निर्विरो निर्वाचित हुनुभएको हो ।
समितिका ११ जना सदस्य पदका लागि २५ जनाको उम्मेदवारी परेपनि सहमतिको प्रयास भैरहेको छ । सहमति हुन नसके निर्वाचन प्रक्रियामा जाने बताइएको छ । निर्विरोध निर्वाचित अध्यक्ष श्रेष्ठले राज्यको नियममा रहेर विकास निर्माणका काममा सँधै सक्रिए हुने बताउनुभयो ।
No comments:
Post a Comment