Wednesday, February 16, 2011

जल पर्यटन प्रवद्र्धनमा नारा सक्रिय

हिमाल दवाडी 
 फागुन  ४  काठमाडौं।नेपालमा साहशिक जलयात्राको विकाश, विस्तार, संरक्षण, प्रवद्र्धन, नीति नियम तथा भौतिक पूर्वाधार विकाशका लागि पहल गर्ने उदेश्यले सन् १९८९ मा स्थापना भएको नेपाल एशोसिएसन अफ र्याफ्टिङ्ग एजेन्ट नाराले विभिन्न कार्य गरि पर्यटक क्षेत्रलाई अगाडि बढाएको छ ।

हरेक बर्ष मे महिनाको अन्तिम शानिवार नाराले रिभर र्याफ्टिङ्ग फेष्टिफल तथा हरेक नोभेम्बर को अन्तिममा हिमालयन ह्वाइट वाटर च्यालेञ्ज कोआयोजना गरि आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा ठूलो भूमिका खेलेको देखिन्छ । नेपाल भ्रमणमा आउने पर्यटक मध्ये १० प्रतिशतले मनोरञ्जन, दृश्यावलोकन, अध्ययन तथा अनुसन्धानको लागि र्याफ्टिङ्ग जाने नाराका अध्यक्ष नानी काजी थापाले बताउनुभयो । नाराले पर्यटन प्रवद्र्धनको लागि र्याफ्टिङ्ग व्यवसायका लागि आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादनका लागि विभिन्न तालिम तथा गोष्टिको आयोजना गरेको नाराले बताएको छ ।

हाल नेपालमा १६ वटा नदि र्याफ्टिङ्ग गर्नका लागि खुल्ला गरिएको छ ।जस मध्ये त्रिशुलि, भोटेकोशि, कालिगण्डकी, सेती खोला प्रमुख छन् । नदिको संरक्षणमा सरकारले ध्यान दिनुपर्ने, अन्र्तरराष्ट्रिय स्तरमा प्रचार प्रसार गर्ने , तथा नदीलाई प्रदुषण मुक्त बनाएमा पर्यटन व्यवसाय सहज रुपमा अगाडि बढ्ने नाराले जनाएको छ ।

नेपाललाई शाहसिक जलयात्राको उत्कृष्ठ गन्तव्य स्थलको रुपमा स्थापित गर्न जल पर्यटनको महत्वपुर्ण भूमिका भएकाले नदीको संरक्षणको लागि सम्पुर्ण पर्यटन व्यवसायीहरुको सहयोग र सर्मथन आवश्यक पर्ने, साझा सम्पतिको रुपमा नदीलाई हेरि अगाडी बढ्नु पर्ने भएकाले सेफ द रिभर फर टुरिज्म भन्ने नाराका साथ अगाडी बढेको अध्यक्ष थापाले बताउनुभयो ।

No comments:

Post a Comment