राजेन्द्र न्यौपाने फागुन ४ गोरखा ।
गोरखा जिल्लामा उच्च माध्यमिक विद्यालयको संख्या ५३ पुग्ने भएको छ । अघिल्लो वर्षसम्म ४२ वटा उच्च माध्यमिक विद्यालय रहेकोमा यो वर्षदेखि ११ थप भई ५३ हुने भएको हो । जिल्लाको मिरकोट मा.वि. मिरकोटले मानविकी र व्यवस्थापन विषयका लागि, महालक्ष्मी मावि ताप्लेले शिक्षा, वाणिज्य र विज्ञान,तारा मा.वि. छेपेटारले शिक्षा र वाणिज्य संकायमा उच्च मा.वि. सञ्चालन गर्न सिफारिस पाएका हुन् ।
जागेश्वर मा.वि. बोलाङले शिक्षा र वाणिज्य, रत्नराज्य मावि विरेन्चोकले वाणिज्य, सरस्वती मा.वि. फिनामले वाणिज्यमा अनुमति पाएका छन् । प्रभात मा.वि. धावालाई वाणिज्य र शिक्षा, अकला मा.वि. धुवाँकोटलाई वाणिज्य र शिक्षा र सिद्धदेवी मावि आरुचनौटेलाई शिक्षा र वाणिज्य विषयमा उच्च मा.वि. सञ्चालन गर्न दिने निर्णय भएको जिल्ला शिक्षा कार्यलय गोरखाका अधिकृत बाबुराम देवकोटाले बताउनुभयो ।
स्थानिय विकास अधिकारीको अध्यक्षतामा बसेको जिल्ला शिक्षा समितिको बैठकले सो निर्णय गरेको अखिल नेपाल शिक्षक संगठन गोरखाका अध्यक्ष वीर बहादुर तमुले बताउनुभयो । जिल्लाका गाउँ गाउँका विद्यालयमा विभिन्न विषयमा खुल्ने दशजोड दुईले शिक्षाको अन्धकारलाई हटाउन सक्ने विश्वास लिइएको छ ।
No comments:
Post a Comment