फागुन १ काठमाडौं। एकीकृत नेकपा माओवादीले आज जनयुद्धको १६औं वार्षिकोत्सव मनाउँदैछ । २०५२ साल फागुन १ गते जनयुद्धको घोषणा गरी २ गते विभिन्न मागहरु राख्दै तत्कालीन नेकपा माओवादीले शसस्त्र भूमिगत संघर्षमा गएको थियो ।
त्यसै दिनको स्मरणमा फागुन १ गते माओवादीले विभिन्न कार्यक्रमका साथ जनयुद्ध दिवस मनाउँदै आएको छ । यसै अवसरमा आज देशभरी माओवादीले विभिन्न कार्यक्रम गर्दैछ भने जनयुद्धको सुरुवात भएको रोल्पामा विषेश कार्यक्रम हुँदैछ ।
रोल्पाको थवाङमा हुने कार्यक्रममा एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि सहभागी हुनुहुन्छ । उहाँले थवाङमा जनयुद्धको १६ बर्षको समिक्षा गर्दै आगामी पार्टीको योजना बारे जानकारी गराउने माओवादी नेता जर्नादन शर्मा प्रभाकरले जानकारी दिनुभयो ।
आजै पिएलए दिवस पनि भएकाले माओवादी लडाकुले पनि आफ्नो हिसावले मनाउँदैछन् । सरकार अन्र्तगतको विषेश समितिमा आएका लडाकुले पार्टीका नेताहरुको उपस्थिति विना विभिन्न खेलकुद कार्यक्रम गर्ने माओवादी लडाकुको मुख्यालय शक्तिखोरका प्रवक्ता कुवेर जानकारी दिनुभयो । विभिन्न डिभिजनहरुमा पनि आफ्नै तरिकाले कार्यक्रम गरिरहेका छन् ।
No comments:
Post a Comment