माघ २९ पोखरा।अखिल नेपाल ट्रेड युनियन महासंघ, कास्कीले जनयुद्धको १६ औं वार्षिकोत्सवको अवसरमा आयोजना गरेको दोस्रो भलिबल प्रतियोगिता अन्तर्गत शनिबार विभिन्न चरणका खेलहरु सम्पन्न भएका छन् ।
शनिबार भएको प्रतियोगिताबाट अखिल नेपाल होटल तथा रेष्टुराँ मजदुर संघ, कास्की फाईनलमा प्रवेश गरेको छ ।
सेमिफाईनल खेलमा यातायात मजदुर र धातु मजदुरको संयुक्त टीमलाई २५–२७, १३–२५, २५–२२ र १८–२५ को सेटमा हराउदै होटल मजदुरको टिम फाइनलमा प्रवेश गरेको हो । प्रतियोगितामा अन्य चरणका खेल बेस्ट आफ थ्रि, फाइनल र सेमिफाइनल खेल बेस्ट अफ फाईभका आधारमा खेलाएको बताएको छ । शनिबार नै एकीकृत माओवादी तमुवान राज्य कार्यालय र क्यासिनो ग्राण्डबीच भएको सेमिफाईनल खेल भने अध्यारो भएका कारण ड्र भएको छ । खेल पुनः आईतबार हुने बताइएको छ ।
यसअघि शनिबार नै होटल मजदुर जिल्ला समितिले पर्यटन मजदुरलाई, क्यासिनो ग्राण्डले क्यासिनो फुलबारी मजदुरलाई, यातायात र धातु मजदुरको संयुक्त टिमले स्वास्थ्य श्रमिकलाई र राज्य कार्यालयले औद्योगिक मजदुरलाई पराजित गरेर सेमिफाईनलमा प्रवेश गरेका थिए ।
दोस्रो चरणको खेलबाट यातायात तथा धातु मजदुरले नेपाल राष्ट्रिय कर्मचारी संगठनलाई, क्यासिनो ग्राण्ड मजदुरले लेखनाथ ईलाकालाई, स्वास्थ्य श्रमिकले सेक्युरिटी मजदुर संघलाई, फुलबारी क्यासिनो मजदुरले पसल मजदुर संघलाई र राज्य कार्यालयले होटल फुलबारी मजदुर लाई पराजित गरेर क्वार्टरफाईनलमा प्रवेश गरेका थिए ।
आईतबार राज्य कार्यालय र क्यासिनो ग्राण्डबीच हुने प्रतिस्पर्धाबाट विजयी हुने टिम र अखिल नेपाल होटल तथा रेष्टुराँ मजदुर संघ कास्की बीच फाईनल खेल हुने छ । शुक्रबार प्रतियोगिताको उद्घाटन एकीकृत नेकपा माओवादीका तुमवान ईञ्चार्ज हितराज पाण्डे (उत्तम) ले गर्नुभएको थियो ।

No comments:
Post a Comment