कूल् तामाङ्
फागुन १ नुवाकोट। पर्यटन वर्षको सरगर्मी बढ्दै जाँदा नुवाकोटमा विभिन्न स्थानमा विभिन्न जातजातिका संस्कृति झल्कने महोत्सव आयोजना गर्ने क्रम पनि बढ्दै गएको छ ।
यसैक्रममा आगामी बैशाखमा बेलकोट, जिलिङ, दुईपीपल र कुमरी गाविसको सीमानामा पर्ने चिर्केश्वर महादेवस्थानमा पहिलो चिर्केश्वर महोत्सव हुने भएको छ ।
दुई दिनसम्म सञ्चालन हुने महोत्सवको तयारीका लागि नारायणप्रसाद खनालको संयोजकत्वमा १९ सदस्यीय महोत्सव सञ्चालन तदर्थ समिति गठन गरिएको छ । चिर्केश्वर युवा समाजको आयोजनामा आईतबार आयोजना गरिएको भेलाले महाशिवरात्रीका अवसरमा लाग्ने विशेष मेलामा समितिलाई पूर्णता दिने निर्णय गरेको छ ।
समाजका अध्यक्ष शरण खनालको सभापतित्वमा सम्पन्न भेलामा नुवाकोट सम्पदा संरक्षण मञ्चका अध्यक्ष श्यामसुन्दर श्रेष्ठ, एमाले क्षेत्र नंं ३ का क्षेत्रीय अध्यक्ष नरेन्द्र प्रधानलगायतले महोत्सवका महत्वबारेमा मन्तव्य राख्नुभएको थियो ।
No comments:
Post a Comment