नविन पौडेल
फागुन १ नवलपरासी। पूर्वपश्चिम राजमार्गअन्र्तगत नवलपरासीको रजहरमा दिउँसो भएको सवारी दुर्घटनामा एक जनाको घटनास्थलमा नै मृत्यु भएको छ भने एक जना घाईते भएका छन् ।
कावासोति बाट नारायणगण जादै गरेको बा ७ च ९०९९ नम्मरको भ्यान र विपरीत दिसाबाट आईरहेको ना २ प ९७११ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खादा रजहर गाविस निवासी वर्ष ३५ का लेख बहादुर थापा मगरको मृत्यु भएको र एक जना महिला घाईते भएको ईलाका प्रहरी कार्यालय कावासोतिले जनाएको छ ।
घाईतेलाई उपचारका लागी भरतपुर अस्पतालमा लगिएको छ ।
No comments:
Post a Comment