Sunday, February 13, 2011

साक्षरता अभियान प्रभावित

पुनम घर्ति  
 फागुन १  दाङ।  सरकारले आजदेखि देशभर साक्षरता अभियान सुरु गर्ने जनाए पनि दाङमा भने तथ्याङक संकलन गर्ने कार्य नै सम्पन्न भएको छैन । सरकारले  माघ मासन्तसम्म निरक्षरको तथ्याङक संकलन गरिसक्ने र फागुन १ गतेबाट कक्षा सुरु गर्ने योजना बनाएको थियो तर दाङमा भने बजेट ढिला आएकाले समयमा अभियान सुरु गर्न नसकिएको जिल्ला शिक्षा कार्यालय दाङले जनाएको छ ।

 उता जिल्ला शिक्षा कार्यालय दाङका उपसचिव एवं साक्षरता अभियानका फोकल पर्सन ऋषिराम रिजालले सम्पूर्ण तथ्याङक आए पछि पाठ्यपुस्तक छाप्ने र फागुन मसान्त सम्म अभियानको सुरुवात गर्ने जानकारी दिनुभयो ।

हाल नगरपालिकाका प्रत्यक वडामा ९ जना र गाविसका प्रत्यक वडामा एक जनाका दरले कर्मचारी खटाएर नामावली संकलन भइरहेको छ । अब २÷४ दिनमा नै घरधुरी सर्वेक्षण सकिने र पाठयपुस्तक छाप्ने काम अगाडि बढाउने रिजालको भनाई छ ।  दाङमा साक्षरता अभियानका लागि ७० लाख रकम आएको र साढे ३ लाख रुपँैयाँ पाठयपुस्तक छपाइमा खर्च गरिने पनि उहाँले जानकारी दिनुभयो ।



No comments:

Post a Comment