कूल् तामाङ्
फागुन १ नुवाकोट। मानवअधिकार एलाइन्स नुवाकोटको जिल्ला कार्यसमति विस्तार गरिएको छ । बट्टारमा भएको भेलाले नौ सदस्यीय कार्यसमितिमा पाँच जना थप गरि १४ सदस्यीय कार्यसमिति बनाएको हो ।एलायन्सको सात सदस्यीय सचिवालय समिति गठन गरिएको छ । सचिवालयको अध्यक्षमा यमकुमार खाती, सदस्यहरुमा तारा अधिकारी, नवदीप अजनवी, केशव मिश्र, गोकर्ण नेपाल, कृष्णगोपाल श्रेष्ठ र सदस्य सचिवमा वसन्त रिजाललाई चयन गरिएको छ ।