Tuesday, March 8, 2011

प्रधानमन्त्रीले आधार तयार पारे लगत्तै सरकारले पूर्णता पाउने

मस्तवीर कर्याकङरह्वा
 फागुन २५ कैलाली। एकीकृत नेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सातबुँदे सहमतीको जगमा टेकेर प्रधानमन्त्रीले आधार तयार पारे लगत्तै सरकारले पूर्णता पाउने बताउनु भएको छ । उहाले सातबुदे सहमतीको कार्यान्वयन गरी सरकारलाई छिटै पूर्णता दिनेबारे दुई दलबीच छलफल भइरहेको बताउनुभयो । 

क्रान्तिकारी पत्रकार संघ कैलालीले  मंगलबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उपाध्यक्ष श्रेष्ठले सरकारमा छिटै आफनो पार्टीले बाकी मंत्री पठाउन चाहे पनी प्रधानमन्त्रीको पार्टी एमालेबाटै त्यसमा ढिलाइ भएको आरोप लगाउनु भयो । उहाँले सातदबुदे सहमतीको भावना र मर्म अनुसार नै आगामी जेठ १४ गते पछि सरकारको नेतृत्व एकीकृत माओवादीले पाउने दाबी गर्नुभयो । उपाध्यक्ष श्रेष्ठले सरकार गठन भए लगत्तै गिराउने षडयन्त्र भएकाले त्यसलाई चिर्दै माओवादी सरकारमा सहभागी भएको बताउनु भयो ।

 उपाध्यक्ष श्रेष्ठले संविधानसभाको म्याद थप्नु पर्छ भन्नेतर्फ नभइ समयमै शान्ति प्रक्रिया र संविधान निर्माणको ऐतिहासिक कार्यभार पूरा गर्न सवै दलले एकजुट भएर अघी बढ्नु पर्ने बताउनुभयो ।

No comments:

Post a Comment