Saturday, February 12, 2011

तेह्रौं पोलियो खोप अभियान अन्तगर्त आज ६८ जिल्लाका पाँच वर्षमुनिका बालबालिकालाई पोलियो थोपा खुवाइयो



नवराज फुयाँल  २९ माघ वीरगंज ।
 तेह्रौं पोलियो खोप अभियान अन्तगर्त आज ६८ जिल्लाका पाँच वर्षमुनिका बालबालिकालाई पोलियो थोपा खुवाइएको छ  । आज र भोली गरी ६८ जिल्लाका पाँच वर्षमुनिका करिब ४४ लाख ६६ हजार ६ सय ९० बालबालिकालाई पोलियो थोपा ख्वाइने लक्ष्य राखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पोलियो थोपा खुवाउन ८० हजार ७ सय ४ स्वयम्सेवक परिचालन गरिएको छ । हिमाली १३ जिल्लामा भने चैत र वैशाखमा पोलियो थोपा यता पर्सा जिल्लामा पनि आज पोलियो थोपा खुवाईँदै छ । पर्सा जिल्ला भरी रहेका ५ बर्ष मुनिका करिव १ लाख १७ हजार २ सय ४ बालबालिकालाई पोलियो थोपा खुवाउने लक्ष्य जिल्ला जनस्वास्थ्य कार्यालय पर्साले लिएको छ । पर्सा जिल्लामा पोलियो थोपा खुवाउन जिल्लाको ८ सय ५० खोपकेन्द्रबाट १५ सय स्वयंसेवक खटिएका छन् । यसै विच वीरगंज उपमहानगरपालिका वडा नम्वर १७ मा परिचालित स्वयंसेवीहरुले पोलियो थोपा कार्यक्रम खुवाउन बहिस्कार गरेका छन् । खोप सुपरभाईजर सचितानन्द सिंहले पक्षपात गरी स्वयंसेवक नराखेको भन्दै उनिहरुले कार्यक्रम बहिस्कार गरेको स्वयंसेवक राजेश पटेलले बताउनु भयो ।

No comments:

Post a Comment