Thursday, April 7, 2011

सचिवहरुलाई गाँउ फर्काउनु पर्ने माग गर्दै ज्ञापन पत्र

अनुप बाबु श्रेष्ठ
 चैत २४ गोरखा। विगत लामो समय देखी गाविस सचिवहरुलाई गाँउ फर्काउनु पर्ने माग गर्दै आएको अखिल नेपाल किसान महासंघ गोरखाले  जिल्ला प्रशासन कार्यलय गोरखामा ज्ञापन पत्र बुझाएको छ।
आफुहरु निरन्तर किसानहरुको हितको पक्षमा संघर्ष गर्दै आएको तर देशमा जतीसुकै परिवर्तन आएपनी किसानको पक्षमा कुनै पनी निर्णय नभएको भन्दै तत्काल गा वि स सचिवहरुलाई गाँउ फिर्ता गर्न उसले आग्रह गरेको छ ।
आफ्ना मागहरुको सुनवाई नभएको महसुस गर्दै अब पनी आफ्नो माग पुरा नभए मुकदर्शक भएर नबस्ने महासंघ गोरखाका अध्यक्ष विपिनचन्द्र ढकालद्धारा हस्ताक्षरित ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

No comments:

Post a Comment