Monday, April 4, 2011

नवलपरासीमा गाडीको ठक्करबाट ६ विद्यार्थी घाईते

राजेश सहानी
 चैत २१ नवलपरासी। नवलपरासीको सदरमुकाम परासीको मन्जरीया चाोकमा गाडीको ठक्करबाट ६ जना विद्यार्थी घाईते भएका छन् । घाईतेमध्ये ३ जना विद्यार्थीको अवस्था गम्भीर रहेको छ । दुर्घटनामा परि सुक्रौली गाँउ विकास समिति ८ बस्ने १४ बर्षिय आकाश चौधरी, १४ बर्षिय धर्मेन्द्र चौधरी, १२ बर्षिय सुमन चौधरी, १२ बर्षिय बन्दना चौधरी, १२ बर्षिय निलम चौधरी र रुपन्देही बरवा बस्ने १५ बर्षिय शिब नारायण चौधर घाईते भएका हुन् ।

सुक्रौलीबाट साईकलमा परासीतर्फ परिक्षा दिन आउदै गरेका विद्यार्थिहरुलाई एम के निर्माण सेबाको बा १ च १०३० नम्बरको टोयटा कारले रामग्राम नगरपालिका वडा नम्बर १० मन्झरिया चोकमा ठक्कर दिदा उनिहरु घाईते भएका हुन् । घाईतेमध्ये आकाश चौधरी, सुमन चौधरी र बन्दना चौधरीको अवस्था गम्भिर रहेको पृथ्बी चन्द्र अस्पताल परासीले जनाएको छ ।

परासीमा उपचार हुन नसकेपछि घाईते सवै विद्यार्थीहरुलाई भैरहवा मेडिकल कलेज पठाईएको छ । दुर्घटना पछि स्थानिय बासिहरुले मन्जरीया मन्झरिया चोकमा सड्क अबरुद्ध गरको छन् । ठक्कर दिने भ्यान र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

धमा स्थानिय वासि र विद्यार्थिहरुले परासी बजार बन्द गराएका छन् । घाईते भएका विद्यार्थिहरुको उचित क्षतिपुर्ति र ठक्कर दिने सवारी चालकलाई कडा कारवाही गर्नुपर्ने माग गर्दै विद्यार्थीहरुले परासी बजार बन्द गराएका हुन् ।

अहिले सदरमुकाम परासीमा रहेको सम्पुर्ण पसलहरु बन्द छन् भने सवारि साधन पनि चलेका छैनन ।

No comments:

Post a Comment