चैत २१ दाङ। दाङ नाराणपुर गाविसका दुई वालक ६ दिनदेखि बेपत्ता भएका छन् । नारायणपुर गाविस ७ उत्तरअम्राई निवासी कमल चौधरीका ११ वर्षिय छोरा मनोज चौधरी र गाविसका आईतुराम चौधरीका १२ वर्षिय छोरा विनोद चौधरी बेपत्ता भएको मनोजका बावु कमल चौधरीले जानकारी दिनुभयो ।
लमडरुवामा कक्षा ३ मा अध्ययनरत मनोज चौधरी,विनोद चौधरी चैत १६ गते विहान घरवाट हिडेको अहिलेसम्म परिवारको सम्पर्कमा नआएको बताएको छ । बेपत्ता बालकको खोजी गरिदिन बाबु चौधरीले प्रहरी प्रसाशन, पत्रकार सवैमा आग्रह गर्नु भएको छ ।
No comments:
Post a Comment