चैत २१ दिल्ली। भारतको पूर्वी उत्तर राज्य आसाममा चरमपन्थि समूहको हमलाको शङ्काबीच १ सय २६ मध्ये ६२ सिटको लागि आज सोमबार पहिलो चरणमा मतदान भइरहेको छ । राज्यभरमा चुनावलाई मध्येनजर गरेर उच्च सुरक्षा सतर्कता अपनाइएको अधिकारीहरूले बताएका छन् ।अधिकारीहरूको अनुसार पहिलो चरणको मतदानको लागि ४० हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ ।
६२ बिधानसभा सिटको लागि आज १३ जिल्लामा मतदान हुन लागेको हो । बाँकि ६४ सिटको लागि दोस्रो चरणमा आउँदो अप्रिल ११ तारिखका दिन मतदान हुने बताइएको छ । चुनावमा करीब ८६ हजार पुरुष र ४१ हजारभन्दा बढी महिला मतदाता सहभागी हुने अतिरिक्त मुख्य चुनाव अधिकारी एमसी साहूले बताउनुभयो ।
No comments:
Post a Comment