चैत २१ काठमाडौं। प्रधानमन्त्री झलनाथ खनालले शान्ति र संविधान एक अर्कामा अन्तरसम्बन्धीत भएकाले यि दुबै कुरालाई संगसंगै समाधान गर्नुपर्ने बताउनुभएको छ । नेपाल बुद्धिजिवी परिषदले काठमाडौंमा सोमबार गरेको कार्यक्रममा उहाँले प्राथमिकताका आधारमा शान्ति प्रक्रिया महत्वपूर्ण भएको बताउनुभयो ।
कार्यक्रममा प्रधानमन्त्री खनालले सेना समायोजन सम्बन्धी कार्यदलले छिटै खाका पेश गर्ने र ४० देखि ५० दिनभित्रमै शान्ति प्रक्रिया टुंगिने बताउनुभयो । शान्ति र संविधानलाई तार्किक निष्कर्षमा पुर्याउन एक्लै नसकिने भन्दै उहाँले सबै दल जिम्मेवार हुन जरुरी रहेको बताउनुभयो।
कार्यक्रममा नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले अहिलेको प्रमुख आवश्यकता शान्ति र संविधान निमार्ण प्रक्रिया भएको बताउनुभयो । शान्ति प्रक्रिया नटुंगिएसम्म संविधान नबन्ने बताउदै सभापति कोइरालाले जसरी भए पनि शान्ति प्रक्रिया टुंगिनु पर्नेमा जोड दिनुभयो । संविधानको रक्षाका लागि माओवादी संविधान र शान्ति प्रक्रियामा जिम्मेवार नभई विभिन्न दस्ताहरु खोलेर नागरिकलाई तर्साउने काम गरेको सभापति कोइरालको आरोप छ ।
No comments:
Post a Comment