Friday, April 1, 2011

सभासद् बिसेन्द्र पासवानले कुर्सी फाले पछी संबैधानिक समितिको बैठक स्थगित


चैत १८ काठमाडौं।  संबैधानिक समितिको बैठक चलिरहेको बेला सभासद् बिसेन्द्र पासवानले हलबाट बाहिर कुर्सी फाल्नुभएपछी संवैधानिक समितीको वैठक २२ गते सम्मको लागि स्थगित गरिएको छ । 

बैठक स्रोतका अनुसार विवाद भएपछि समितिको बैठक बसिरहेको चौथो तल्लामा रहेको ३०४ नम्बरको कोठाबाट २४ नम्बरको कुर्सी फ्याँकिएको थियो ।

आदिवासी जनजाति मुस्लिम तथा दलितहरुको अधिकारको बिषयमा ठूला दलहररु गम्भीर नभएको भन्दै सचासद पासवानले चार तला माथिको बैठक कक्षबाट कुर्सी फाल्नुभएको हो ।

बैठककै क्रममा हिजो ठूला तीन दलले साना दल तथा स्वतन्त्र सभासद्हरुलाई बोल्न समय नदिएको भन्दै सभासद् पासवान सहित स्वतन्त्र सभासद सदरुल मियाँले पनि होहल्ला र संवैधानिक समीतिको मस्यौदा च्यात्नु भएको थियो । 

विवाद पछि बैठक २२ गते मंगलबार सम्मका लागि स्थगित गरिएको छ ।

No comments:

Post a Comment