Monday, March 21, 2011

२४ घण्टा पुगिसक्दा पनि क्याम्पस प्रमुखलाई कार्यकक्षमै थुनियो

 चैत ७  इलाम।    कार्यकक्षमा थुनेको २४ घण्टा वितिसक्दा पनि इलामको महेन्द्ररत्न वहुमुखि क्याम्पसका नवनियुक्त निमित्त क्याम्पस प्रमुख राजेन्द्र कुँवरलाइ नेपाल विद्यार्थी संघ र अनेरास्ववियू क्रान्तिकारीका विद्यार्थी संगठनले अझै छाडेका छैनन् । आईतवार दिउँसो ४ वजेदेखि कार्यकक्षमा थुनिएका प्रमुखलाइ अहिलेसम्म छोडिएको छैन ।

निवर्तमान क्याम्पस प्रमुख जसवहादुर लुङ्गेलीको राजिनामा स्विकृति गराउनुपर्ने र करार शिक्षकमा नियुक्त गरिएका १७ जना शिक्षकको नियुक्ति पत्र खारेज गर्नुपर्ने माग राख्दै यी विद्यार्थी संगठनले प्रमुखलाइ कार्यकक्षमै थुन्दै आएका छन् ।

हालसम्म आफनै कार्यकक्षमा थुनिएका निमित्त क्याम्पस प्रमुखले भने विद्यार्थीको मागलाइ आफूले सम्वोधन गर्न नसक्ने अडान राख्दै आउनु भएको छ ।

No comments:

Post a Comment